After SEE Portal

त्रिविका परीक्षा नियन्त्रकलाई कारबाही गर्न उच्चस्तरीय समितिको सिफारिस

Bridge Course

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सह परीक्षा नियन्त्रक, दुई जना शाखा प्रमुखलाई कारबाही गर्न सिफारिस गरेको हो ।

उपकुलपतिको कार्यालय उच्च स्रोतका अनुसार जिम्मेवार पदाधिकारीहरूले परीक्षामा चरम लापरबाही गरेका कारण अब विभागीय कारबाही गर्न प्रतिवेदनले सुझाएको छ ।

 उपकुलपति कार्यालयले राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष को संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को गत चैत १५ गते बसेको बैठकले उक्त छानबिन गर्न त्रिविका पूर्व रजिष्ट्रारसमेत रहेका पौडेलको संयोकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त उच्चस्तरीय समितिले गत विहीबार आफ्नो प्रतिवेदन त्रिविका उपकुलपति उपकुलपति प्राडा केशरजंग बराललाई बुझाएको छानविन सकितिका संयोजक प्राडा चन्द्रमणि पौडेलले बताए । ‘हामीले देखेका र भेटेका कुरा आफ्नो प्रतिवेदनमा बुझाएका छौं ।’ उनले भने, ‘अब प्रतिवेदन उपकुलपति कार्यालयमा छ ।’

 यो विषयमा त्रिविका शिक्षाध्यक्ष केदार रिजालसंग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

A Levels MA