After SEE Portal

नक्कली परीक्षार्थी तयार गर्ने प्रिन्सिपल पक्राउ

Bridge Course

कक्षा १२को परीक्षामा नक्कली परीक्षार्थीलाई परीक्षामा सहभागी गराएको आरोपमा एक प्रिन्सिपल पक्राउ परेका छन् ।

काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत  कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आशंकामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार  एक जना विद्यार्थीलाई नक्कली परीक्षार्थी बनाएको,  प्रोलिफिक स्कुलमा कम्तिमा ४ जना नक्कली परीक्षार्थी रहेको आरोपमा उनलाई पक्राउ गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४ जनाको सिम्बोल नम्बरसहित छानबिन गर्न गृहमन्त्रालयलाई  गत वैशाख १२ गते पत्राचार गरेको  थियो ।

सचिव स्तरीय निर्णयले गृहलाई पत्राचार गरेपछि गरेको अनुसन्धानमा एउटा रजिष्ट्रेसन फर्ममा एक जनाको विवरण र एड्मिट कार्डमा अर्कैको फोटो राखेर जाँच दिलाए पाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

प्रहरीका अनुसार दुई जना नक्कली परीक्षार्थी महतकै आफन्त  हुन् । पक्राउ परेका महतलाई अहिले प्रहरी वृत्त, महाराजगञ्जमा अनुसन्धानका लागि राखिएको छ । ।

कक्षा १२ परीक्षा वैशाख १४ देखि सुरु भएको छ । भने २६ गतेसम्म सञ्चालन हुँदै छ ।

A Levels MA