After SEE Portal

बारी साइन्स ल्याब स्थापना गर्दै हिमालयन ह्वाइटहाउस स्कूल

Bridge Course

हिमालयन ह्वाइटहाउस आईबी वल्र्ड स्कूल र कलेजले ११ वर्षको उमेरमा नै प्रोफेसर भनेर  आफूलाई चिनाउन सफल सुवर्णो आइज्यक बारीको उपस्थितिमा बृहत टक सो गर्ने भएको छ ।

हिमालयन ह्वाइटहाउस स्कुलले आइतबार युवा विद्यार्थीलाई लक्षित गरी परिसंवाद गर्न लागेको हो ।

सो स्कुलले बारी, बैंकर अनिल केशरी शाह र पूर्व प्रधानमन्त्री  केपी शर्मा ओलीको उपस्थितिमा गोदाबारी सनराइज हलमा चार हजार विद्यार्थी तथा अभिभावकको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।

त्यसैगरी हिमालयन ह्वाइटहाउस स्कुल तथा स्कुलमा भोलि बारी साइन्स ल्याब  स्थापनाका लागि दुइपक्षीय  सम्झौता हुने सम्मेलनम जानकारी दिइएको छ । सो ल्याबबाट स्कुल तथा कलेजका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने कलेजले विस्वास लिएको बताएको छ ।

A Levels MA