After SEE Portal

त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदै

Bridge Course

त्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो ।

कार्यकल सकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई कार्तिक १९ गते निमित्त उपकुलपतिको जिम्मेबारी दियो ।

त्यसैगरी त्रिविका रजिस्ट्रार प्राडा दाहालको चार वर्षे कार्यकाल पुस ८ सकियो ।

अहिले त्रिविको शिक्षाध्ययक्ष पनि निमित्त नै छन्। कृषिका डिन प्राध्यापक भारगव धिताललाई निमित्त शिक्षाध्ययक्ष बनाइएको छ । दलगत रुपमा हेर्दा उनी माओवादी निकट हुन्। शिक्षाध्ययक्षको पदावधि आगामी चैत ८ गते रिक्त हुँदैछ।

त्यसैगरी त्रिवि सेवा आयोगको सदस्यको मंसिर ८ गते नै पदावधि सकियो । तर अहिलेसम्म नियुक्त हुन सकेको छैन।

त्यसैगरी फागुन महिनामा तीन ओटा विश्वविद्यालयका उपकुलपतिको पदावधि सकिँदै छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादव कोइरालाको पदावधि सकिँदै छ । कोइराला एमाले निकट हुन् ।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति नारायण अर्याल र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्बरराज पन्तको पनि कार्यालय सकिँदै छ । उनीहरू काङ्ग्रेस निकट हुन् ।

पदावधि सकिए लगत्रै पदाधिकारीले सरकारले दलगत भागबण्डा मिलाउनका लागि नियुक्तिमा ढिलाइ हुने गरेको प्रतिक्रिया दिने गरेका छन् । भर्खरै सेवाबाट अवकास लिएको पदाधिकारीका अनुसार अन्य विश्वविद्यालयका पादधिकारीको पदावधि सकिएपछि भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गर्न त्रिविलाई निमित्तको भरमा चलाइएको हो ।

हिजो मात्र राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् ।

सरकारको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन्। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन।’

तर विश्वविद्यालयको अवस्था हेर्दा दलका नेतालाई अंशमा पदाधिकारी नियुक्त गर्न नै त्रिविको माथिल्ला पदाधिकारी निमित्त बनाइएको शिक्षाविद्को आरोप छ ।

A Levels MA